Sujang

बडीकेदार गाउँपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने

Ban

गणेश मौनी,असार १० डोटी :डोटीको बडीकेदार गाउँपालिकाले स्थानीय स्रोत साधनको सदुपयोग गरी युवा स्वरोजगार बढाउन पालिकामा लगानी सम्मेलनको आयोजना गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाको १५औँ अधिवेशनमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रम पालिकाको समग्र पक्षको विकास गरी युवा स्वरोजगार बढाउन स्थानीय सम्भावनाको खोजी गरी लगानी सम्मेलनको आयोजना गर्ने नीति रहेको गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले जनाएका छन् ।

गाउँपालिकाको १५औँ अधिवेशनमा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष साउँदले कृर्षि, पर्यटन, खनिज पदार्थ लगायत गाउँपालिका भित्र रहेका सम्भावना हरूको खोजी गरिने, पालिकामा आन्तरिक र बाह्य लगानी बढाउन वातावरण निमार्ण गरिने, व्यवसायलाई अगाडि बढाउन एक वडा एक व्यवसाय, एक वडा एक उत्पादन क्षेत्र निमार्ण गरिने, असहाय टुहुरा बालबालिकाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने, प्रत्येक विद्यालयमा आई सिटी ल्याबको व्यवस्थापन गर्ने, रैथाने बालीको प्रवर्द्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धामको प्रचारप्रसार गर्न धार्मिक महोत्सव गरिने नीति तथा कार्यक्रम रहेको समेत अध्यक्ष साउदले बताए ।

१५औ अधिवेशनमा आर्थिक वर्ष .२०८१।०८२ को बजेट प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले पालिकाकाको आन्तरिक आय बढाउन नीति रहेको समेत बताइन् । सभालाई सम्बोधन गर्दै उपाध्यक्ष विष्ट कलेलले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सशक्तीकरण कार्यक्रम, पाठेघर खसेका महिलाहरूको निःशुल्क उपचार लगायतका विभिन्न नीति तथा कार्यक्रमहरू पारित गरिएको समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।
गाउँ सभाको १५औँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा पानीको मुहानलाई संरक्षण गर्न पुराना कुवा तथा नवालाहरुको संरक्षण गरिने, दैविक प्रकोप राहत कोषको स्थापना गरिने, कक्षा ८ र एसइई परीक्षामा उत्कृष्ट नतिजाको आधारमा छात्रवृत्ति र पुरस्कार प्रदान गरिने, उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिने, बडिकेदार गाउँपालिकालाई उज्यालो पालिका घोषणा गरिने, बडिकेदार पत्रकारिता पुरस्कारको स्थापना गर्ने लगायतका नीति तथा कार्यक्रम समावेश गरिएका छन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.