Sujang

पूर्विचौकीको नीति : रैथाने बालीमा आत्मनिर्भर हुने, कृषि कर्म गर्नेलाई अनुदान 

असार १० गते,डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकाले रैथाने बालीमा आत्मनिर्भर हुने गरिखानेलाई अनुदान दिने नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाले १५ औँ  अधिवेशनमा आ.ब.२०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै पालिका उपाध्यक्ष पशुपति खड्काले सो कुरा बताएकी हुन् ।
पालिका भरी उत्पादन हुने रैथाने बाली कोदो,भटमास ,कागुनु, बेथे,धान,मकै,लगायत,फलफूल ,तरकारी मासु, र दूधमा आत्म निर्भर बनाइ कृषिजन्य,बस्तुको आयातमा प्रतिस्थापन र निर्यात प्रवर्द्धन र खाद्य तथा पोषण सुरक्षा प्रत्याभूति गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेर युवालाई स्वरोजगार बनाउने उद्देश्य राखिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सोमबार १५ औ गाउँभामा नीति कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष पशुपति खड्काले गाउँमै कमाउने गाउँमै रमाउने, माटो जगाऊ उत्पादन बढाउ ,किसान हुनुमा मलाइ गर्भ छ भन्ने लगायतका कृर्षी सम्बन्धी कार्यक्रम लागु गरी कृषकलाई प्रोत्साहन गर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै १५ औ गाउसभाका सभा अध्यक्ष तथा पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले सरकारी नीतिगत आधारमा निहित रही पालिकाको आर्थिक,सामाजिक, पूर्वाधार , बन तथा वातावरण विपत् व्यवस्थापन र,सुशासन तथा संस्थागत  विकासलाई टेकेर उत्पादन मूलक आयमूलक, कार्यक्रमहरू प्राथमिकताका साथ अगाडी बढाउने र युवालाई रोजगारी तर्फ उन्मुख गराउने बताए ।
यो नीति कार्यक्रम, तथा बजेटले यस आ.ब.मा गुणस्तरीय पूर्वाधार निर्माण,रोजगार अभिवृद्धि,समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै पालिकाको समृद्धिको आधार निर्माण गर्ने,गुणस्तरीय स्वास्थ्य,शिक्षा,र सन्तुलन वातावरण र जबाफदेही सार्वजनिक सेवाको अनुभूति गराउने, पूर्वीचौकी गाउँपालिकाको सामाजिक आर्थिक रूपान्तरण गरी समकक्षी सामु आफूलाई उदाहरणीय पालिकाको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.