Sujang

वन्यजन्तु संरक्षण रणनीति तर्जुमा सम्बन्धी जिल्ला स्तरीय रणनीति गोष्ठी सम्पन्न

Ban

असार ९ गते ,डोटी : पहाडी तथा उच्च पहाडी क्षेत्रका लागि ठुला मांसाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा लागि जिल्ला स्तरीय रणनीति गोष्ठी सम्पन्न भएको छ ।

Posan

सुदूर पश्चिमको उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण कार्यक्रम अन्तर्गत आइतबार सिलगढीमा गरिएको वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

Krishi

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति संयोजक लक्ष्मण बहादुर सिंहले वन्यजन्तु संरक्षणमा सबै लाग्नुपर्ने बताए। चोरी सिकारीका घटना दिनप्रतिदिन बढ्दै गएकाले यसको न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए । जनचेतनामूलक कार्यक्रमलाई बस्ती बस्ती पुर्‍याउन पर्नेमा संयोजक सिंहले जोड दिए।
त्यस्तै कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकार गोपालप्रसाद अर्यालले जैविक मार्ग पहिचान गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सुदूर पश्चिमका विभिन्न जिल्लामा पुगेर वन्यजन्तु संरक्षण रणनीति सम्बन्धी गोष्ठी सञ्चालन गरेर सुझाव सल्लाह लिइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले वन्यजन्तुको वासस्थान, जैविक मार्ग ,वन डढेलो नियन्त्रण , चोरी पैठारी नियन्त्रण , आहार , जनचेतनामूलक कार्यक्रम लगायत अगाडी बढाउनु पर्ने सुझाव दिएका थिए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.