Sujang

जिल्ला खेलकुद विकास समितिको भवन नगर प्रमुख खड्काद्वारा शिलान्यास

Ban

असार ९ गते ,डाेटी: जिल्ला खेलकुद विकास समितिको भवन शिलान्यास गरिएको छ ।

शनिवार डोटी जिल्ला खेलकुद भवनको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ ले शिलान्यास गर्नु भएको हो ।

दिपायल सिलगढी नगरपालिका – ६ मा भवन निर्माण कार्य थालिएको छ ।

Krishi

भवन शिलान्यासमा बोल्दै तोकिएको समयमा गुणस्तरीय कार्य गर्न निर्माण पक्षलाई आग्रह गरे ।’भवन निर्माण पछि खेल क्षेत्रलाई संस्थागत लैजान मदत पुग्ने छ ।खेलाडी र खेल क्षेत्रलाई हौसला पनि प्रदान गर्ने छ।गुणस्तरीय सामग्री प्रयोग होस्।’नगर प्रमुख खड्काले भन्नू भयो ।

संघिय सरकार र दिपायल सिलगढी नगरपालिकाको संयुक्त समपूरक लगानीमा २ करोड ८१ लाख ७६ हजार आठ सय ९६ रुपैयाँको लागतमा उक्त भवन निर्माण भइरहेको दिपायल सिलगढी नगरपालिकामा कार्यरत सब-इन्जिनियर स्वरूप सिंहले जानकारी दिए ।

२३ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी बि एन्ड पी उन्नति जेबी निर्माण सेवाले निर्माण कार्य सुरु गरेको छ।

खेलकुद जस्तो मानव जीवनमा अति आवश्यक विषय भएकोले निर्माण सम्झौता अनुसार काम सम्पन्न गर्ने बि एन्ड पी उन्नति जेबी निर्माणका प्रोप्राइटर गणेश मलासीले बताए ।

जिल्ला खेलकुद विकास समितिको भवन निर्माण शुरुहुनुले खेलकुद क्षेत्रमा नयाँ आयाम थपिएको अध्यक्ष प्रकाश शाहीले बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.