Sujang

डोटीमा विपद् बाट बच्न सबैलाई पूर्व तयारी अवस्थामा रहन आग्रह

गणेश मौनी,असार ७ डोटी,डोटीमा मनसुनजन्य विपद् बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सबै निकायलाई आवश्यक सामाग्रीका साथ पूर्व तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय डोटीमा बसको बैठकले मनसुनजन्य विपद् बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सबै सरकारी, गैरसरकारी सङ्घ संस्था, सरोकारवाला निकायलाई उदार तथा प्रतिकार्यका लागि खटिने जनशक्ति र आवश्यक स्रोत साधन, अवरोध यथाशीघ्र हटाउन बन्दोबस्तका सामाग्री सहित तयारी अवस्थामा रहन सबै निकायलाई आग्रह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।
बैठकले जिल्ला मनसुन पूर्व तयारी योजना तथा प्रतिकार्य योजना २०८१ र जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१को मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने, प्रत्येक पालिकामा मनसुनजन्य विपद् बाट उच्च प्रभावित हुन सक्ने घरधुरी र जनसङ्ख्याको आकलनका आधारमा गैर खाद्य राहत सामाग्रीको मौज्दात सुनिश्चित गर्ने, विपद् उदार र प्रतिकार्यका लागि डोटी जिल्लाका सबै स्थानीय तहका प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा १५,२० जनाको युवा स्वयंमसेबी संम्मीलीत उदार समूह निमार्ण गर्ने, २०८० साउन देखी ०८१ असार ५ सम्म विपद् घटनाबाट डोटी जिल्लामा प्रभावित व्यक्तिहरूलाई कागजातको आधारमा राहत उपलब्ध गराउने निर्णय गरिएको समेत प्रअिज अर्यालले बताएका छन् ।

 

बैठकमा सहभागी राजनीतिक दल तथा अन्य सरोकारवाला निकायहरूले मनसुनजन्य विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न स्थानीय सरकार पूर्ण तयारी अवस्थामा रहनुपर्ने, आवश्यक सुरक्षित स्थानको पहिचान गर्नुपर्ने, टेलिफोनको नेटवर्क र बिद्युतको दिगो व्यवस्थापन गर्नुपर्ने, विपद्को समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने, आवश्यकता अनुसारको सही र समयमै सूचना प्रवाह हुनुपर्ने लगायतका सुझावहरू दिएका थिए ।
डोटी जिल्लामा हाल सम्म विपद् जन्य घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित आगलागीबाट १४ परिवार, हावाहुरी बाट ९ परिवार, बाढी पहिरोबाट ४४ परिवार भूकम्प बाट ६ परिवारलाई तत्काल राहत उपलब्ध गराइएको प्रशासन कार्यालयले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.