Sujang

डोटीको सायलमा अल्लो सिप विकास पुर्नताजगि तालिम सम्पन्न  

Ban
असार ४ गते , डोटी  : डोटीको सायलमा गाउँपालिकामा सञ्चालन गरिएको अल्लो सिप विकास पुर्नताजगि तालिम सम्पन्न भएको छ।
Posan
सायल गाउँपालिकाको आयोजना, ई.एल.सी.ए., लुथरन विश्व फेडरेसन नेपाल, सामुदायिक विकास केन्द्र डोटी, जी.आई.जेड्. रिप ­ ग्रिन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको समन्वय तथा आर्थिक सहयोगमा तालिमको गरिएको हो ।
सायल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नवराज उपाध्यायको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, विशिष्ट अतिथि सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी, जी.आई.जेड्.रिप­  ग्रिन, सोसियो इकोनोमिक विज्ञ सुरत बहादुर चन्द, वडा सदस्य नर ब. थापा, अतिथि एल.ई.यु. संयोजक गणेश प्रसाद जोशी, सामुदायिक विकास केन्द्र डोटीका  कार्यक्रम संयोजक भक्तराज उपाध्याय, भेल छडा अल्लो प्रशोधन हाते उद्योगका सञ्चालक, तालिमका सहभागी, प्रशिक्षक रुक बहादुर नेपाली लगायत समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
सिप सिकौँ आत्मनिर्भर बनौँ, स्वरोजगार बनौँ भन्ने नाराका साथ  वैशाख १०  गतेबाट सञ्चालन गरिएको अल्लोको कपडा र झोला सम्बन्धी पुर्नताजगि सिप विकास तालिम २ चरणमा सञ्चालन गरेर मङ्गलवार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।
अल्लोको कपडा बनाउने र अल्लोको झोला बनाउने तालिम सायल गाउँपालिका वडा नं. ३ मा सञ्चालन गरिएको थियो ।
सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी, जी.आई.जेड्.रिप­  ग्रिन, सोसियो इकोनोमिक विज्ञ सुरत बहादुर चन्द र लुथरन विश्व फेडरेसनसंगको सहकार्यमा सायल गाउँपालिकामा सहयोग गरेकाले सायल ३ का भक्तराज उपाध्यायलाई खादा सहित कदर पत्र प्रदान गरिएको थियो ।
सहभागीहरूले अल्लोको कपडा बुन्ने सिप, अल्लोलाई तयार पार्ने सिप, अल्लोको झोला, थैली, पर्स र खादा बनाउने सिप १६ जना सहभागीहरूले सिकेका छन् ।
Krishi
कार्यक्रम सञ्चालन तोलेनी स्वास्थ्य चौकी इन्चार्ज रघु सुनारले गरेका थिए भने वडा सदस्य नर बहादुर थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
तालिमका सहभागी पवित्रा थापाले तालिममा अल्लोको बारेमा सिक्ने अवसर मिलेकाले आगामी दिनहरूमा थप सहयोग गर्नुपर्ने बताइन् ।
सामुदायिक विकास केन्द्र डोटीका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले सरोकारवालासँग समन्वय गरी तालिम सञ्चालन गरिएको  र थप विषादी रहित अर्ग्यानिक अल्लोको लागि ल्याब परीक्षण गर्न एग्री डाइरेक्टर ग्लोबल कम्पनीसँग समन्वय भइरहेको बताउँदै भेल छडा अल्लो प्रशोधन हाते उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई स्थायी लेखा नम्बर समेत प्राप्त भइसकेकाले आगामी दिनहरूमा सिकेको सिपको सदुपयोग गरी बेग्लै पहिचान बनाउन अनुरोध गरे  ।
जी.आई.जेड्. रिप­  ग्रिन, सोसियो इकोनोमिक विज्ञ सुरत बहादुर चन्दले बाहिरबाट अब सामान नल्याई यतै उत्पादन गरेर रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिए ।
अल्लोको माग बढिरहेको परम्परागत रूपमा निर्माण गर्ने कोथलो (धान, गहुँ बोक्ने थैला) समेत लोप भइरहेकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।
तालिमका क्रममा  राम्रो कपडा निर्माण गरेर झोला समेत तयार भएकाले आगामी दिनहरूमा थप सहयोग गर्न तयार रहेको र सामान प्रशस्त उत्पादन भएमा खप्तड गंगादशहरा मेलामा समेत यसको बिक्री गर्न सकिने र उद्योग वाणिज्य संघसंग समन्वय गरी बजारीकरणका लागि संस्थाले सहयोग गर्न तयार रहेको सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले नमुना काम वडा नं. ३ बाट सुरु भएको, उद्यमशीलताका क्षेत्रमा उपलब्धिमूलक कार्य सञ्चालन भएको, गत वर्ष कपडा बुन्ने तालिम मात्र दिई यस वर्ष कपडाका साथै झोला बनाउने सिप सिकाउन सकेकाले आगामी दिनहरूमा उद्यमीहरूले राम्रो काम गरे मनग्गे आम्दानी गर्न सकिने, ठाउँ ठाउँबाट प्रशस्त माग आइरहेको, अल्लोको कोटका लागि धेरैले माग गरेकाले आत्म निर्भर भई स्वरोजगार बनी आयआर्जनतर्फ लम्केका सबै सहभागीहरूलाई दत्त चित्त भई काम गर्न, मसिनलाई खियाउन आफनै माटोमा पसिना बगाउन प्रेरित गर्दै सिप खेर नफाल्न अनुरोध गर्दै दातृ निकाय सबैलाई धन्यवाद दिए ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.