Sujang

आरन ब्यवसायिहरुलाई निर्माण सामाग्री हस्तान्तरण

Ban
भक्तराज उपाध्याय, असार ४, गते  : डोटीको सायल गाउँपालिकामा आरान ब्यवसायिहरुलाई निर्माण सामग्री हस्तान्तरण  गरिएको छ ।
Posan
ई.एल.सी.ए. र लुथरन विश्व फेडरेसन नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्रले सायल गाउँपालिकाका १६ जना आरन ब्यवसायिहरुलाई प्रति व्यक्ति करिब ३८ हजार ५ सय बराबरका सामाग्री मंगलबार हस्तान्तरण गरेको हो  ।
सायल गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय डोटी र सामुदायिक विकास केन्द्र डोटीको संयुक्त आयोजनामा गरिएको  एक  महिने नकर्मी (आरनका भाँडाकुँडा बनाउने) तालिममा सहभागी भएका सहभागीहरूलाई संस्थाले एक कार्यक्रमका बिच सामान हस्तान्तरण गरेको जनाएको छ ।
सायल गाउँपालिका वडा नंं २ का २ जना, वडा नं. ३ का ६ जना, वडा नंं ४ का १ जना, वडा नंं. ५ का ६ जना र वडा नं. ६ का १ जना गरी १६ जना लाभान्वित भएका छन् ।
Krishi
आरन पङ्खा २५ नं. को १ थान, घन ८ किलोको २ थान, हतौडा २ किलोको ३ थान, हतौडा १.५ किलोको २ थान, सनेसा ५ थान, ग्लिन्डर मेसिन १ थान, लुवामा प्वाल पार्ने मसिन १ थान, रेती १ थान, कठरेती १ थान, हाते आरी १ थान, आरीमा लगाउने रेत १ थान, घिस्ने पाता १ थान, फलाम काट्ने पाता १ थान, फलाम काट्ने कैँची १ थान, पलास १ थान, ५ मिटर मोटोमा खागसि, स्वाग १ किलो, ४ फिट को पित्तल पाता, ४ किलो फलामको डल्ला, ३०० एम्पियरको वेल्डिंग मसिन १ थान, हेक्का ब्लेड र हेक्का फ्रेम र आरन व्यवसायको होलिंग बोर्ड वितरण गरिएको छ ।
परम्परागत रूपमा चल्दै आएको आरन व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र परम्परागत पेसा र सिपको उच्च मूल्याङ्कन गर्दै गाउँपालिका सँग समन्वय गरी लु.वि.फे. र सामुदायिक विकास केन्द्र डोटीले उद्यमीहरूलाई सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरूमा उद्यमीहरूलाई थप सहयोग गर्नका लागि पालिका तयार रहेको र उत्पादित बस्तुलाई बजारसम्म लैजान पालिकाले सहजीकरण गर्ने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए।
आरन व्यवसाय गर्ने उद्यमीहरूलाई सायल गाउँपालिका, जी.आई.जेड,रिप  ग्रिन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमसँग समन्वय गरेर थप व्यवसाय सुधार सम्बन्धी तालिम दिने तयारी गरिरहेको सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले बताए।
सायलको भल्माको हँसिया प्रसिद्ध रहेकोले कृषि लगायत निर्माण सामाग्री निर्माण गरी बजारीकरणका लागि पालिकाले समन्वय गर्ने कार्यपालिकाका सदस्य डम्बर विकले बताए ।
तालिममा  सहभागीहरूले आगामी दिनहरूमा क्षमता विकासका लागि थप पुर्नताजगिय तालिम दिनुपर्ने बताएका थिए ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.