Sujang

तिन दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

गणेश मौनी,असार ४, डोटी:तिन दिने नेतृत्व तथा क्षमता विकास तालिम सिलगढीमा मङ्गलवार सम्पन्न भएको छ ।

दिपायल सिलगढी नगरपालिकाले महिला सँग उपमेयर कार्यक्रम अन्तरगत आयोजना गरेको तिन दिने नेतृत्व तथा क्षमता विकास तालिमको आज एक कार्यक्रमका बिच समापन भएको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले सबै जन प्रतिनिधीहरुको नेतृत्व विकास हुन आवश्यक रहेको बताए । उनले भने कुनै पनि व्यक्ति सिकेर पूर्ण हुँदैन, सिक्नको लागी हरेक व्यक्तिमा इच्छा शक्ति आवश्यक रहेको बताए ।

जन प्रतिनिधीहरुले सदैव नयाँ नयाँ विषय बस्तुको बारेमा जानकारी लिई आफू बलियो हुनुका साथै नगर सरकारलाई समेत बलियो बनाउन आवश्यक रहेको बताए ।

 

तालिमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती महर साउँदले सबै जन प्रतिनिधीहरुले आफ्नो कर्तव्य र दायित्व इमानदारी साथ निबार्ह गर्न आवश्यक रहेको बताइन् । उनले भनिन हामी जन प्रतिनिधीहरुले कुनै पनि नयाँ विषय बस्तुको बारेमा सुरुमा हामीले जानकारी हुन आवश्यक छ अनि मात्र हामी अरू आम नागरिकलाई भन्न र सिकाउन सक्ने भएकाले सबै विषय बस्तुको बारेमा जानकारी भई क्षमता विकास हुनु आवश्यक रहेको बताइन् । नगरले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढ्ने समेत बताइन् ।

 

 

आइतबार देखि सुरु भएको तालिममा दिपायल सिलगढी नगरपालिका अन्तरगत सबै वडाका वडा सदस्य, कार्यपालिका सदस्य, वडा अध्यक्ष नगर प्रमुख, उपप्रमुख लगायत जन प्रतिनिधीहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् । तालिमको सहजीकरण देवेन्द्र प्रसाद गुरुङले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.