Sujang

डोटीमा कर्मचारीद्वारा रक्तदान कार्यक्रम

गणेश मौनी,जेठ ३२ डोटी:विश्व रत्तदाता दिवसको अवसरमा डोटीमा कर्मचारी द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसरमा जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय राजपुर र सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीको आयोजनामा गरेको रक्तदान कार्यक्रममा १४ जना कर्मचारीहरूले रक्तदान गरेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय राजपुर डोटीका प्रमुख सुबिक श्रेष्ठले बताए ।

समाजको लागि केही सामाजिक सेवाका कार्य गर्नुपर्छ भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरी स्वयं आफूले पनि रक्तदान गरेको समेत प्रमुख श्रेष्ठले बताए । मानिस सामाजिक प्राणी भएकोले समाजको लागि केही गर्नुपर्छ भन्ने भावना आम नागरिकमा हुन आवश्यक रहेको समेत बताए ।

कार्यालयले नै आयोजना गरी कर्मचारीहरूले रक्तदान गर्नु उदाहरणीय कार्य रहेको कार्यक्रमका प्रमुख अतिथि एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । हाम्रो समाजमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।

आजै रक्तदान गरी सङ्कलन गरेको ए पोजेटिभ र बि पोजेटिभ ब्लड जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूका लागि प्रयोग भइसकेको समेत आयोजकले जनाएको छ ।

ब्लड सङ्कलन कार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटी, नेपाल रेडक्रस सोसाइटी डोटी र नेपाल स्वयं सेवी रक्तदाता समूह डोटीले सहयोग गरेको आयोजकले जनाएको छ । सरकारी कार्यालयले नै आयोजना गरी आफै रक्तदान गरेको कार्यक्रम डोटीको लागि पहिलो अभ्यास हो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.