Sujang

महिला स्वास्थ्य स्वयम सेविकाहरूका लागि लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी अभिमुखीकरण

जेठ ३२ गते ,डोटी: नेपाल परिवार नियोजन संघ डोटीको आयोजनामा महिला स्वास्थ्य स्वयम सेविकाहरूका लागि लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार दिपायल सिलगढी नगरपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयम सेविकाहरूका लागि लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण नेपाल परिवार नियोजन संघ डोटीका निमित्त कार्यालय प्रमुख कृष्णा साउँदले गर्नु भएको थियो ।
लैङ्गिकताको आधारमा हुने हिंसा, त्यस विरुद्धको कानुनी घटना रिफर गर्न तथा न्यायको लागि अघि बढ्न के के गर्नु पर्दछ लगायतका बारेमा सहभागीलाई जानकारी गराइएका उनले बताइन् । साथै महिलाको सवालमा कानुनमा गरिएको व्यवस्था ,हिंसा न्यूनीकरण उपाय लगातका बारेमा समेत जानकारी गराइएको थियो ।
नेपाल परिवार नियोजन संघका सभापति रघु बहादुर कठायतको सभापतित्वमा कार्यक्रम गरिएको थियो । महिला हिंसामुक्त समाज निर्माणको लागि सचेतनाको पाटो सशक्त बनाउन कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गरेको संघका सभापति कठायतले बताए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.