Sujang

वडा अध्यक्ष खड्काको पहलमा अति विपन्न दलित परिवारलाई घर हस्तान्तरण

प्रकाश बम, जेठ ३० गते ,डोटी :आर्थिक अवस्था कमजोर तथा सहाराविहीन भएका एक दलित परिवारलाई घर हस्तान्तरण गरिएको छ ।
बिहीबार दिपायल सिलगढी नरपालिका –२  का वडा अध्यक्ष राजेन्द्र खड्काको पहलमा निर्माण गरिएको २ कोठे घर विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् ।
दिसिनपा -२ खातीवडामा बस्ने बासुदेबी कामीलाई एक कार्यक्रमका बीच  हस्तान्तरण गरेका छन् ।
गत पुस २५ गते बुबाको एक्कासि मृत्यु भए पछि उनका श्रीमान् मान बहादुर कामी बुबाको काज किरिया गर्न घर आएका थिए । काज किरिया पश्चात् रोजगारीका लागि  उनका श्रीमान् फागुन महिनामा भारत गएका हुन् । चैत्र महिनामा एक्कासि बिरामी भएर राज स्थानको जोतपुरमा ३४ वर्षका उनका श्रीमानको मृत्यु भएको थियो । दाहसंस्कार गर्ने समेत पैसा नभएर भारतमा रहेकाहरूको सहयोगमा उनको दाहसंस्कार गरिएको स्थानीय तुला भुलले बताए ।
परिवारका दुई सदस्य ससुरा बुवा र श्रीमान्लाई २ महिनाको अन्तरमा गुमाउँदा ३१ बर्सिया वासु  र उनका नावाला ५ जना छोराछोरी सहारा विहीन भएका थिए ।
विगत देखि अंकल लक्षि लुहारका घरमा सहारा लिएर बस्दै आएका वासु र उनका ५ जना बालबालिकाको बिचल्ली पछि अभियान सञ्चालन गरेर घर निर्माण सम्पन्न गरेको वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
हस्तान्तर कार्यक्रममा बोल्दै उनले भने,‘उनको श्रीमानको कलिको उमेरमा निधन भई सकेपछि म उनको घर खतिवडामा गए । घरमा भेटघाट गर्न जाँदा उनको अवस्था देख्दा म निक्कै भावुक भए । त्यसै दिन मैले मेरो खातमा भएको पाँच हजार नगद र पाँच हजार बराबरको खाध्यन्न सहयोग गरेर फिर्ता भए ।’
उनले थपे ,‘वासुको घरको अवस्था देखे पछि आफूले सामाजिक सञ्जालमा उहाँलाई सहयोगका लागि आह्वान गरे । सहयोगिहातहरु जुट्दै गए । वैशाख ५ गते घरको शिलान्यास  गरे । सबैको सहयोगले आज उनको घाउमा थोरै भए पनि मलम पट्टी लगाउन सफल भएका छौँ । आगामी दिनमा निरन्तर साथ सहयोग रहने छ ।’
विभिन्न सहयोगिदाताहरुवाट २ लाख ३८ हजार उन्नाइस रुपैयाँ सङ्कलन भएको र घर निर्माणमा दुई लाख ५६ हजार ८ सय पन्चानब्बे रुपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताए ।
वासुका दुई छोरा र तिन छोरी रहेका छन् । घर हस्तान्तरमा कार्यक्रममा बोल्दै उनले आफूलाई घर बनाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताइन् । बस्न मिल्ने घर बनेपछि बालबालिकाहरू खुसी भएका छन्।
Salmuni
Leave A Reply

Your email address will not be published.