Sujang

डोट्याली भाषा,कला र साहित्य विषयक बौद्धिक बहस सम्पन्न

जेठ ३० गते, सिलगढी : डोटीको सिलगढीमा डोट्याली भाषा कला तथा साहित्य विषयक बौद्धिक बहस कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काडमाण्डौ, सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी र मास्कवादी अध्ययन प्रतिष्ठानको सहकार्यमा बौद्धिक बहस कार्यक्रमको आयोजना गरिएको हो ।

बौद्धिक बहस कार्यक्रममा डोटेली भाषा कला र साहित्यको अवस्थाका बारेमा लेखक फणेन्द्र साउँदले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत पश्चात् कार्यपत्र बहसमा सहभागीहरूले डोटेली भाषाको संरक्षण सम्र्वन्धनमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले डोटेली भाषा बोल्ने मान्छेसँग सबैले कुरा नै नगर्ने गरेको बताए । यो ठाउँबाट विभिन्न व्यक्ति पदमा पुगेको भए पनि डोटेली भाषाको संरक्षणको लागि कसैले पनि आवाज नउठाएको उनले बताए । प्रमुख सिंहले अध्ययनकर्तालाई गाउँ गाउँमा गएर भाषाको खोजी गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले भाषा एक पुस्तामा रहेको संस्कृति, ज्ञान, सिप, अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा माध्यम भएकाले भाषा मासिँदै जानु पुर्खामा भएको ज्ञान, संस्कृति, अनुभव हराउँदै गएको  बताए ।

डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा बोलीले भाषीका भएकाले ती भाषीकाबाट प्रतिनिधिमूलक छानेर डोटेली भाषा स्थापित गर्नु पर्ने उनले बताए ।

सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठान उप कुलपति डा.टिएन जोशीले डोटेली भाषा एउटा डोटी जिल्लाको मात्रै नभएर सुदूर पश्चिमका अन्य पहाडी जिल्लामा बोलिने भाषा पनि डोटेली भएको बताए ।पछिल्लो समय डोटेली भाषाको अस्तित्व मेटिने अवस्थामा पुगेकोले यसमा सबैले सचेत हुनुपर्ने बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्का भाषा कला संस्कृति संरक्षण संवर्द्धन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा.कृष्ण प्रसाद अधिकारी,  प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल लगायत राजनीतिक दलका प्रमुख प्रतिनिधि,साहित्यकार, नागरिक समाज, विद्यार्थी, शिक्षक, कलाकार, व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको रहेको थियो ।

मास्कवादी अध्ययन प्रतिष्ठानका अध्यक्ष केशवनाथ योगीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

लोक संस्कृति, डोटेली भाषा, साहित्य एवं कलाको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्‍याएको भन्दै धन बहादुर मल्ल , डिल महरा, फणेन्द्र साउद, गीता स्मृति कठायत, धिरेन्द्रराज चटाैत, केशव नाथ योगी , हिक्मत शाही , मीन राणा लगायतलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश बमले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.