Sujang

ग्लोबल बैंक पुर्वीचाैकी शाखामा नेट नहुँदा सेवाग्राहीलाई सास्ती 

दीपेन्द्र  खड्का , जेठ २९ गते डोटी : डोटीको पूर्वीचाैकी गाउँपालिकामा रहेको ग्लोबल आई एम.ई बैङ्कमा दुई दिन देखि इन्टरनेट सेवा नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
भौगोलिक हिसाबले टाढा टाढा रहेका बस्तीबाट सेवाग्राही सेवा लिन आउँदा काम नभएर फर्किनु परेको सेवाग्राहीले बताएका छन् ।
कार्यालयमा दुई वटा कम्पनीको इन्टरनेट सेवा भए पनि दुई वटामै समस्या आएको  बैंक शाखा प्रमुख डबल बोहराले बताए । सम्बन्धी इन्टरनेट कम्पनी लाई जानकारी दिइसकेको र वायरलेस इन्टरनेट भएकोले पहाडमा भनेको बेला प्राविधिक सेवामा दिन अप्ठ्यारो भएको हुँदा तुरुन्तै समाधान हुने शाखा प्रमुख बोहराले बताए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.