Sujang

अनेरास्ववियु डोटीको अध्यक्षमा बोहरा चयन 

जेठ २६, डोटी:अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी डोटीको अध्यक्षमा लक्ष्मण बोहरा चयन भएका छन् । शुक्रवार डोटी बहुमुखी क्याम्पस डोटीको हलमा सम्पन्न एमाले पार्टी निकट अनेरास्ववियुको १५ औँ जिल्ला सम्मेलनले बोहराको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कृष्ण बोगटी र तपेश विक, सचिवमा सुरेश रोकाया, सहसचिवमा पवित्रा ऐर, देव वयडी, केशव विष्ट र सुरत बोहरा र कोषाध्यक्षमा ईश्वरी मलासी चयन भएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.