Sujang

नेपाल महिला संघ शिखर नगरपालिकाको अध्यक्षमा रावल

जेठ २६,डोटी : नेपाल महिला संघ शिखर नगरपालिकाको अध्यक्षमा सुनिता रावल (जोरा) निर्वाचित भएकी छिन् । बिहिबार सम्पन्न अधिवेशनबाट रावलको नेतृत्वमा २१ सदस्यीय नगर कमिटि सर्वसम्मत गठन गरिएको हो ।

संघको उपाध्यक्षमा सानुमाया बलायर र जानकी बलायर भुत्याल, सचिवमा राधिका शाही र गौरी महरा सर्वसम्मत निर्वाचित भएकी छिन् । त्यस्तै, कोषध्यक्षमा मनिसा रोस्यारा, सह–सचिवमा विमला बलायर निर्वाचित भएकी हुन् ।

सदस्यहरुमा कविता भट्ट, भावना जोशी, राुजुु विष्ट कठायत, अनिता मल्ल, पदमा बलायर, निर्मला जोरा, भवानी भाट, माता कामी, उमा पन्त, लाली भुल, पार्वती बिक, विर्मा बलायर र लक्ष्मी महरा निर्वाचित भएकी हुन् ।

 

नेपाल महिला संघकी डोटी जिल्ला अध्यक्ष माया कुवँरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रसकी प्रदेश सदस्य प्रेमा श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.