दीपेन्द्र खड्का ,जेठ- २५ :डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आमाबुबा गुमाएका पालिकाका एक वडाका ५ जना गरी सबै वडाका ३५ बालबालिकालाई ७ वटै वडामा पुगेर प्रति व्यक्ति १० हजारका दरले सहयोग उपलब्ध गराइएको हो ।
टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी सहयोग होस भन्ने हेतुले उपाध्यक्ष सँग टुहुरा बालबालिकालाई छात्र वृत्ति तथा संरक्षण कार्यक्रम अन्तरगत आर्थिक सहयोग गरिएको छ ।
टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन र यी बालबालिकाको अभिभावकत्व पनि पालिकाले लिने पालिका उपाध्यक्ष पशुपति खड्काले बताइन् ।
आफूले आगामी दिनमा समेत दलित , महिला ,एकल महिला ,बालबालिका, टुहुरा बालबालिकालाई लक्षित गरेर कार्यक्रम गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन् ।