जेठ २५ गते डोटी : सानीमा रिलाइन्स इन्स्योरेन्स दिपायल शाखाले दिपायल सिलगढी नगरपालिका -१ तिखाकी शारदा देवी खड्कालाई मृतक दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शुक्रवार दिपायल सिलगढी नगरपालिका नगर उप प्रमुख कलावती महर साउँले उनकी आमालाई २ लाख ४९ हजार नौ सय तेत्तीस रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
सारदाका २१ वर्षीय छोरा दीपक बहादुर खड्काको गत फागुन १६ गते ब्लड क्यान्सरका कारण मृत्यु भएको थियो । मृतक खड्काले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीमा ३ लाख बराबरको बिमा गरेका थिए । मृतक खड्काले २ किस्ता मात्र बिमा भरेका थिए ।
सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी दिपायलका शाखाका प्रबन्धक डिक महराले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका परिवारलाई राहत पुग्ने बताए ।