Sujang

चट्याङ लाग्दा डोटीमा एक महिला घाइते

चक्र मल्ल ,जेठ २४ गते, डोटी :डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ रिसडीकी कल्पना (जेठारा )बोहरा घाइते भएकी हुन् । बुधबार साँझ करिव सात बजेको समयमा खाना पकाईरहेको बेला चट्याङको झिल्को आएर लाग्दा बोहरा घाइते भएको उनका देवर शेर बहादुर बोहराले जानकारी दिए । साथै बोहराको दुुई हातमा र टाउकोमा चोट लागेको उनका देवर बोहरले बताए ।

बोहराको अहिले निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीमा आइसियुुमा राखेर उपचार भइरहेको उनका देवर बोहराले जानकारी दिए ।

 

चट्याङबाट दुुईवटा घर र पशुु चौपायमा पनि क्षेति भएको उनले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.