Sujang

डेंगु रोकथाम र नियन्त्रण सम्बन्धी अन्तर्क्रिया

Ban

बिक्रम खड्का ,जेठ २३,डोटी :डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि सरोकारवाला हरू तथा बहु निकाय बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधवार स्वास्थ्य निर्देशनालय राजपुरको सभाहलामा दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा डोटीको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।

Krishi

डेंगु रोकथाममा  आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।

उनले भने ,’ डेंगु वर्षा यामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ । सबैले सचेत हुन आवश्यक छ । ‘

अन्तर्क्रिया कार्यक्रमको सहजीकरण भ्याक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले गरेका थिए ।

कार्यक्रममा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.