Sujang

भारतमा ग्यास विस्फोटः बझाङका एकै परिवारका ५ जनाको मृत्यु

Ban
जेठ २१,बझाङः भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परेर घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको जयपृथ्वी नगरपालिका–११ का वडाअध्यक्ष सर्जनबहादुर थापाले बताए।

गत बुधवार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए। घटना लगत्तै घाइते पाँचै जनालाई उपचारको लागि भिक्टोरिया अस्पताल लगिएको थियो।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.