Sujang

डडेल्धुरामा टिपर दुर्घटना हुँदा युवकको मृत्यु

जेठ २०,डडेल्धुरा : डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।शनिबार साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो ।

भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनापछि टिपरका चालक फरार रहेको बताइएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.