जेठ १७ गते ,डाेटी– डोटीको पूर्वीचाैकी गाउँपालिका वडा नं.१ साझघाट स्थित २ वटा पसलमा आगलागी भएको छ ।
बिहीबार राति ११:१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बल बहादुर खड्काले बताए ।
दिल ब.खड्काको दिलासा फेन्सि स्टोरबाट सुरु भएको आगलागी सँगै जोडिएर रहेको विष्णु बहादुर खड्काको खड्का हाेटल पनि पुर्णरुपमा जलेर क्षति पुगेको वडा अध्यक्ष खड्काले जानकारी दिए।
आगलागी भएको ३ घण्टा पछि स्थानीय ,प्रहरी र दिपायल सिलगढी नगर पालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बताएको छ ।
क्षती विवरण भने अझै आउन सकेकाे छैन ।