Sujang

गणतन्त्र दिवसमा तरुण दल गोदावरीले गरेको रक्तदानमा ४६ पिन्ट रगत संकलन

जेठ १५,अत्तरिया : नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार १७ औं गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ ।

रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य गरेको हो । रक्तदान कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा प्रसंसा गरे। उक्त कार्यक्रममा नियमित रक्तदाता दिपक उपाध्याय र शेर सिंह खड्कालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहने जनाएको छ । रक्तदान कार्यक्रम अत्तरिया स्थीत रेडक्रस उप शाखाको भवनमा चलिरहेको छ ।

रक्तदान कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा नियमित रक्तदाता उपाध्याय र खड्कालाई सम्मान गरिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.