Sujang

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री शाहले कराते खेलाडीलाई १ लाख नगद पुरस्कार दिने घोषणा

जेठ ४ गते ,कैलाली :सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले कराते खेलाडीलाई १ लाख नगद पुरस्कार दिने घोषणा गर्नु भएको छ ।

शुक्रवार धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री शाहले दक्षिण एसियाली कराते प्रतियोगितामा सफलता प्राप्त गर्ने खेलाडीलाई १ लाख दिने घोषणा गरेका हुन् ।

 

समग्र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएर अघि बढ्नु पर्नेमा जोडदिदै उनले आफ्नो पालामा सरकारले खेलकुद क्षेत्रका लागी ठुलो बजेट विनियोजन गरिएको चर्चा गरे ।

आठौ दक्षिण एसियाली कराते प्रतियोगिताका लागि सुदूरपश्चिम कराँते महासंघको आयोजनामा शुक्रवार र शनिवार दुई दिन धनगढीमा खेलाडी छनौट गरिने छ । छनौटमा ८८ जना खेलाडी सहभागी रहेको बताइएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.