Sujang

गोदावरीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

जेठ ४ गते ,अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ हरैयामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । हरैया स्थित शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा रोकिएको ट्याक्टर अचानक आफै पछाडी सर्दा चाकल गोदावरी नगरपालिका – ८ का अन्दाजी १८/१९ वर्षीय दिनेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बालुवा प्रसोधन केन्द्रमा सुपप्र ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा जोडिएको पानी ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सरेको थियो । ट्याक्टर पछाडी सर्दा ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यापिदा दिनेशको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.