Sujang

डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु

जेठ १ गते ,डोटी :डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३ खुलेमका ३६ वर्षीय दीपेन्द्र घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका– ७ सेटीगाउँ अन्तरगत पर्ने छेणागाढ खोलामा नुहाउने क्रममा मंगलबार मध्यान्ह करिब १२ बजेतिर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

मृतक घर्तीमगर खोटो कम्पनी अन्तरगत खोटो संकलन गर्ने मजदुर हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.