Sujang

चट्याङ लाग्दा डोटीमा एक महिला घाइते 

वैशाख २९, डोटी : डोटीमा चट्याङ लागेर एक महिला घाइतेभएकी छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ बाजीलेककी पार्वती देवी बोहरा शनिवार बिहान घाइते भएकी हुन् ।

बिहान साढे सात बजेको समयमा चट्याङको झिल्को आएर लाग्दा बोहरा घाइते भएको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । साथै बोहराको एक ओटा बाख्रा मरेको वडा अध्यक्ष भट्टले बताए । बोहराको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.