Sujang

छ दिने छोटो अवधिको व्यवसायी बाख्रा पालन तालिम सुरु

Ban
Krishi

गणेश मौनी,वैशाख २८ डोटी:डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ मा छोटो अवधिको व्यवसायी बाख्रा पालन तालिम बिहीबार देखी सुरु भएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास तेस्रो चरणको प्राविधिक सिपमूलक कार्यक्रम अन्तरगत बडीकेदार गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजनामा तालिम सञ्चालन भएको गाउँपालिका उद्यम शाखा प्रमुख उद्यम प्राविधिक भूपेन्द्र बहादुर बोहराले बताए ।
आर्थिक स्थिति कमजोर भएका दलित, जनजाति उद्यमीहरूलाई सहभागिता गराई सञ्चालन भएको तालिममा व्यवसायी रूपमा बाख्रा पालनको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । वडा नम्बर ५ को वडा कार्यालयमा सञ्चालन भएको तालिममा १० जना उद्यमीहरूको सहभागिता रहेको छ । तालिमको सहजिकरण बडीकेदार गाउँपालिका पशु सेवा प्राविधिक तारा सिंह पातलीले गरेका थिए

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.