Sujang

सानीमा रिलाइन्स इन्स्योरेन्सद्वारा ४ लाख मृतक दाबी भुक्तानी रकम हस्तान्तरण 

वैशाख,२८ धनगढी : सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय धनगढीले कृष्णपुर नगरपालिका वडा नं ७ कञ्चनपुरकी फुलमती रानालाई मृतक दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
रानाको घरमै गएर ४ लाख एक्काइस हजार दाबी भुक्तानी रकम भुक्तानी गरेको सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीका क्षेत्रीय शाखा प्रमुख हेमन्त सिंहले बताए ।  फुलमतीका श्रीमान् मूलचन्द्र रानाको २०८० चैत्र २८ गते मृत्यु भएको थियो । मृतक मूलचन्द्रले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीमा २ लाख बराबरको बिमा गरेका थिए । मृतक रानाको ५ किस्ता मात्र बिमा भरेका थिए ।
मृतक मूलचन्द्रकी श्रीमतीलाई सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेती र भलभंसा हरिकिसन रानाले मृतक दाबी भुक्तानी हस्तान्तरण गरेका हुन । सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद पनेरुले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका परिवारलाई  राहत पुग्ने बताए । अहिले पनि बिमा गर्नेको सङ्ख्या कमै भएको बताउँदै प्रदेश प्रमुख पनेरुले भने – ‘ बिमाको दायरा बढाएमा सामाजिक सुरक्षाले सार्थकता पाउने छ ।’
Salmuni
Leave A Reply

Your email address will not be published.