Sujang

कृर्षि र पर्यटन लाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने :अध्यक्ष साउँद

गणेश मौनी ,वैशाख २५, डोटी:डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले कृर्षि र पर्यटन लाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन् ।

गाउँपालिकाले मङ्गलवार कृर्षि तथा पशु सेवा शाखा र गैर सरकारी सङ्घ संस्थाका कर्मचारी र जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साउँदले पालिकाले कृर्षि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखी किसानहरूलाई आत्म निर्भर बनाउन पहल गरिने बताए । उनले भने हाम्रो गाउँपालिका कृर्षि पर्यटन, पशुपक्षी, बन वातावरणको हिसाबले प्रमुख सम्भावित क्षेत्र हो यसको विकास, प्रवर्द्धन र प्रचार प्रचार गर्न आवश्यक रहेकोले यता तिर सबैको ध्यान जान आवश्यक रहेको बताए । कर्मचारीहरूलाई लक्षित गर्दै अध्यक्ष साउँदले कृर्षि र पशु प्राविधिक कर्मचारीहरूले आफू शिक्षक हु भनी सम्झिएर किसानहरूलाई कृर्षिको क्षेत्रमा बढी भन्दा बढी पढाउन आवश्यक रहेको समेत बताए ।

पालिकाले सञ्चालन गर्ने अनुदानमुखी कार्यक्रमहरूलाई वास्तविक किसानहरूलाई छनोट गरी प्रदान गरिने समेत अध्यक्ष साउँदे बताए ।

कृर्षि क्षेत्रको प्रवर्द्धन गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले वडा तहमा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कर्मचारीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भएकोले कर्मचारीहरू कर्तव्य निष्ठ रूपमा काम गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा बडीकेदार गाउँपालिका कृर्षि तथा पशु सेवा शाखा अन्तरगतका कर्मचारी, गैर सरकारी सङ्घ संस्थाका, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बडीकेदार गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु सेवा प्राविधिक तिलम साउँदले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.