Sujang

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा लागु औषध दुर्व्यसन सम्बन्धी डोटीमा प्रशिक्षण  

Ban

चक्र कठायत,वैशाख १७ गते ,डोटी :ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढी र ईश्वरीय विश्वविद्यालय राजपुरको संयुक्त आयोजनामा डोटीमा लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

Krishi

सोमवार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र भारतको दिल्ली वाट आएका अनिता भाइ युवा इन्चार्ज सहितका १२ जनाको टोलीले जिल्लाका विभिन्न विद्यालयमा प्रशिक्षण दिएका हुन् ।

पछिल्लो समय लागु औषध दुर्व्यसन ,मोबाइलको गलत प्रयोगका कारण विकराल समस्या आएकोले सोको निर्मूल कसरी गर्न सकिन्छ, भनेर नाटक पर्दशनि, दुव्र्यसनिवाट कसरी मुक्त हुने, यसले समाज तथा बालबालिका पार्ने प्रभाव लगायतका बारेमा जिल्ला विभिन्न विद्यालय लगायतका ठाउँमा प्रशिक्षण दिएका छन् ।

जिल्लामा रहेका पदम पब्लिक मुक्तिनारायण माध्यमिक , पवित्रा आवसिय माध्यमिक विद्यालय ,सुजङ बोर्डिङ स्कुल , खप्तड बोर्डिङ स्कुल, अमर ज्योति बोर्डिङ स्कुल, वाल सुधार गृह र जिल्ला कारागारमा प्रशिक्षण दिएको राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीले जानकारी दिईन ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.