Sujang

सेती नदीमा नुहाउने क्रममा डोटीमा एक पुरुष बेपत्ता

गणेश मौनी,वैशाख १७ डोटी:सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् कैलाली जिल्ला धनगढी उप–महानगरपालिका वडा नं. ३ माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८÷४० को नर ब. तामाङ रहेका छन्।
शिखर नगरपालिका वडा नं ८ लुवाखडी स्थित सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जनाएका छन् ।
धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नं. को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।
अहिले नेपाल प्रहरी, स्थानवासीको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.