Sujang

बझाङमा एकीकृत समाजवादीसहित ९ दलको जमानत जफत

Ban

वैशाख १७,बझाङ : बझाङमा कूल खसेको मतमध्ये सदर २९ हजार ७०५ मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने भएको छ। कूल खसेको मतमध्ये १० प्रतिशत मत ल्याउन नसके जमानत जफत हुने कानुनी व्यवस्था छ। यहाँ ९ दलको जमानत जफत भएको हो ।

११ हजार ६१३ मत ल्याएर बझाङमा एमाले उम्मेदवार दमन भण्डारी निर्वाचित हुँदा यहाँका ६ दलले ५० मत पनि पाउन सकेनन् । ६१ हजार ७ सय ६८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले मतदान थिए । ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

Krishi

सदर भएको मतमध्ये सबैभन्दा धेरै एमालेले पाउँदा सबै भन्दा कम नेसनल रिपब्लिक नेपाल पार्टीले पायो । उडिरहेको माहुरी चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका कमल घर्ती मगरले २ मत मात्रै पाए ।

 

न‍ेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए। यसैगरी नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा जनमत पार्टीकी सुशीला देवी विष्टले २६ मत पाइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८ मत पाउँदा राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्रबहादुर थापाले ३५ मत पाए ।

बझाङ उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामबहादुर जाग्रीले ४४ मत पाए । ११ दलका उम्मेदवारमध्ये विजयी भएको एमाले दोस्रो भएको कांग्रेस र तेस्रो स्थानमा रहेको माओवादी बाहेक सबैको जमानत जफत भएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.