Sujang

लोक देउडा गायक साउँदको फेसबुक आइडी ह्याक

बैशाख १३,डोटी: लोक देउडा गायक शेर साउदको फेसबुक आइडी ह्याकरले ह्याक गरेको छ।

राष्ट्रिय लोक दोहरी तथा दोहरी गीत प्रतिष्ठान नेपाल  सुदूरपश्चिम प्रदेशका वर्तमान अध्यक्ष पूर्ण भट्टको फेसबुक मेसेन्जरबाट आएको मेसेन्जरको रिप्लाई दिने क्रममा आफ्नो फेसबुक र वाट्सप आइडी ह्याक भएको  गायक साउदले जानकारी दिए।

पूर्ण भट्टको पहिलो मेसेजमा भाइ भनिएको छ ।  त्यसको प्रतिउत्तरमा गायक साउदले हजुर दाजु आरामै हुनु हुन्छ अनि कता हुनु हुन्छ भनेर प्रतिउत्तर दिएका छन्।  पूर्ण भट्टको मेसेन्जरबाट मेरो लाइसेन्सको फर्म भर्न लागेको मेरो नम्बरमा कोड आइरहेको छैन म तिम्रो नम्बर दिन्छु कोड आए मलाइ देऊ भनेर कुरा भएको र लगतै गायक साउदले निजको मेसेन्जरमा आफ्नो नम्बर पठाएको र त्यसपछि पूर्ण भट्टको मेसेन्जर तर्फ बाट वाट्सपमा कोड आको छ मलाइ त्यो नम्बर देऊ भनेको र साउदले त्यो आएको कोड नम्बर निज भट्टको मेसेन्जरमा सिएर गरेको देखिन्छ ।

उक्त कोड नम्बर दिएको ५/७ मिनेट पछि गायक साउदको फेसबुक र वाट्सप आफै लग आउट भएको र फेसबुक आइडी लक आउट भयो अनि पासवर्ड मागिरहेकोले आफ्नो यथार्थ पासवर्ड राख्दा नि फेसबुक नखुल्दा गायक साउदले पूर्ण भट्टलाई उहाँकै मोबाइल नम्बरमा कल गरेर यो विषय बारे बुझ्न खोज्दा पूर्ण भट्टको फेसबुक एक दिन अघि देखि नै ह्याक भएको जानकारी दिए । त्यो कुरा गर्ने व्यक्ति आफू नभई कोही ह्याकर भएको जानकारी सहित आफूले साइबरको मुद्दा  हाल्न जान लागेको भट्टले बताए ।

लगतै नेपाली काँग्रेसका डोटी जिल्ला तरुण दलका अध्यक्ष टेक बहादुर रावलसँग ह्याकरले ह्याक गरेको आइडी बाट २० हजार पठाउन आग्रह गरेको र गायक साउदलाई पूर्ण भट्टले जस्तै पठाएको मेसेज टेक बहादुर रावललाई पठाई पाँच हजार भए नि हाली दिनुस् साँझ फिर्ता गर्छु भनी गायक साउदको मेसेन्जर बाट कुरा  गरिएको र लगतै टेक बहादुर रावलले दुई हजार पाँच सय क्युआर कोडमा हालेको देखिन्छ । त्यो क्युआर गायक साउदको नभई त्यो ह्याकरको रहेको छ  ।  पैसा हाल्दा कस्कोमा हाल्दै छु भन्ने ख्याल नराखेर हाल्दा झन् यसले ठुलो रूप लिने भएकोले सचेत रहन साउदले अनुरोध गरे ।

ह्याकरले गायक शेर साउदकोको आइडी आफू चलाउँदै सामाजिक सञ्जाल लेनदेन भएका सबै सँग पैसा मागी रहेको साउदले बताए । गायक साउदले आफ्नो पुरानो आइडीबाट कसैले पैसा माग्छ वा कसै सँग मेसेन्जर बाट कुरा गर्न खोजे भने अथवा  र कुनै  कोड नम्बर मागेमा नदिन सबैमा अनुरोध गरे । पछिल्लो समय  ह्याकरले सामाजिक सञ्जाल ह्याक गरे यसरी फसाउने भएकोले सबैलाई सचेत रहन अनुरोध गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.