Sujang

नेविसंघ डोटीको भित्ते पात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

Ban

वैशाख ९ गते ,डोटी : नेपाल विद्यार्थी संघ डोटीको आयोजनामा डोटीको शिखर नगरपालिकाको तलकोटमा एक विशेष कार्यक्रमका बिच भित्ते पात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

Posan

आइतबार नेविसंघको आयोजनामा गरिएको वृहत् आमसभा कार्यक्रममा भित्ते पात्रो विमोचन तथा सम्मान कार्यक्रम गरिएको हो।

Krishi

प्रमुख अतिथिको आसनबाट बोल्दै  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले जिल्लाको साझा विकासका लागि आफू निरन्तर लागी परेको बताए । पूर्व मन्त्री समेत रहेका बलायरले डोटेली जनताको हरेक दुःखद सुखमा साथ सहयोग रहने  बताए ।
जनप्रतिनिधिले जनता सँग जोडिएको काम र महिला र दलितलाई लक्षित गरेको योजना तर्जुमा गरी काम अगाडी बढाउन स्थानीय तहका जनप्रतिनिधिलाई उनले निर्देशन गरे ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले डोटीका हरेक विकासका साझा मुद्दामा काङ्ग्रेस लागी रहेको बताए ।

दीपेन्द्र बहादुर सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा डोटी जिल्लाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,नेता कार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो।

वृहत् आमसभा कार्यक्रममा चर्चित मोडेल,गायक कलाकार इब्सल संज्याल र प्रवेश दाहालको दमदार प्रस्तुति समेत रहेको थियो ।

डोटी जिल्लामा  शिक्षा, पर्यटन, स्वास्थ्य, कृषि, राजनीतिक, व्यवसायी, पत्रकार  लगायतलाई विभिन्न विद्यामा योगदान गर्नुहुने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.