Sujang

डोटीका चार पालिकामा बालबालिकाको क्षमता विकास तालिम तथा बाल भेला सम्पन्न

Ban

गणेश मौनी,बैशाख ८ गते :डोटी जिल्लाका चार वटा पालिकामा बालबालिकाहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरेको क्षमता विकास तालिम तथा बाल भेला सम्पन्न भएको छ ।

सिड नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा स्पोनसरसिप परियोजना अन्तर्गत डोटीको सायल, आदर्श, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा छुट्टा छुट्टै समयमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा स्पोनसरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।

Krishi

स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले लक्षित समूहलाई बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको छ जस अनुरूप बालबालिकालाई विनियोजन गरिएको बजेटबाट उनीहरूकै सहभागितामा योजना तर्जुमा गर्न, योजना तर्जुमा प्रक्रियाको सुरु हुनु अगावै बाल भेला गर्नुपर्ने व्यवस्था गरिएको हुनाले सोही अनुरूप बाल भेला कार्यक्रमको आयोजना गरिएको समेत जोशीले बताए ।

बालबालिकाहरूको क्षमता विकास तालिम तथा बाल भेला चैत्र २६ देखी वैशाखको पहिलो साता सम्म सम्पन्न भएको आयोजकले जनाएको छ । प्रत्येक पालिकामा दुई दुई दिन आयोजना गरेको तालिम तथा बाल भेला कार्यक्रमको उद्घाटन जनप्रतिनिधी हरुले गरेका थिए । तालिम तथा बाल भेलामा सबै पालिकामा ४५,४५ जना बालबालिकाहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण पालीकाका महिला तथा बालबालिका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख र सिड नेपालका कर्मचारीहरूले संयुक्त रूपमा गरेका थिए ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा बाल क्लव व्यवस्थापन, बाल क्लव गठन प्रक्रिया तथा बाल अधिकार सम्बन्धी क्षमता विकासका साथै विभिन्न विषयहरूमा छलफल गरिनुका साथै तालिम अवधिमा सहभागीहरूले आफ्नो स्थानीय तहभित्रका बालबालिकाहरूका सवालहरू, आवश्यकताहरू र बालबालिकाका मागहरू पहिचान गरी स्थानीय सरकारलाई बुझाएका थिए ।

कार्यक्रममा तिन वटा स्थानीय तह आदर्श,सायल र पुर्विचौकी गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको समेत आयोजकले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.