Sujang

बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु 

चैत ३० गते ,डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका–२ मौवा स्थित सडक खण्डबाट लडेर बेहोस अवस्थामा फेला परेका ३२ वर्षीय लोग विकको मृत्यु भएकोे छ ।

शुक्रवार दिउँसो साढे १२ बजेको समयमा लडेर घाइते भएका विक को मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार विकलाई बेहोस अवस्थामा उद्धार गरेर एम्बुलेन्स मार्फत जिल्ला अस्पताल डोटी पठाएको थियो । बेहोस अवस्थामा जिल्ला अस्पताल डोटी पु¥याइएका विकलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.