Sujang

पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधी अंकित र बिसाललाई 

सुबास नेपाली,चैत्र २९,डोटी:नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा सम्पन्न भएको जिल्ला स्तरिय “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता”मा अंकित जोशी र विशाल खत्रीको टिम बिजयी भएको छ।

फिरोज के सि , छिरीङ लामाको टिम र अंकित जोशी , विशाल खत्रीको टिम बिच आज भएको फाइनल खेलमा फिरोज के सि , छिरीङ लामाको टिमलाई सोझो सेटले पराजित गर्दै अंकित जोशी र विशाल खत्रीको टिम बिजयी भएको हो।

खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ सुजङ अस्पताल राजपुरको मुख्य प्रायोजन तथा महाकाली सेती हेल्थ केयर प्रालि राजपुरको सह-प्रायोजन र शिलास्थान युवा क्लबले आयोजना गरेको प्रतियोगिततामा डोटी जिल्लाका ८ वटा टिमको सहभागिता रहेको शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए।

२ दिन सम्म संचालन भएको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,प्रमाणपत्र र मेडल , दोश्रो हुने टिमलाई नगद ५ हजार ,प्रमाणपत्र र मेडल र तेस्रो हुने हर्क बोगटी र श्याम सिंहको टिमलाई मेडल र प्रमाणपत्र पुरस्कर प्रदान गरिएको थियो।

फाइनल बाहेका खेलहरु वेस्ट अफ थ्री मा खेलाइएको भएता पनि आज भएको फाइनल खेल वेस्ट अफ फाईबमा खेलाइएको आयोजकले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.