Sujang

बडीकेदारमा तिन दिने मेलमिलाप सम्बन्धी पुर्नताजकि तालिम सम्पन्न

Ban
Krishi

गणेश मौनी,चैत्र २९ डोटी:डोटीको बडीकेदार गाउँपालिकामा तिन दिने सामुदायिक मेलमिलाप सम्बन्धी पुर्नताजकि तालिम बिहीबार सम्पन्न भएको छ ।
बडीकेदार गाउँपालिका न्यायिक समितिले आयोजना गरेको तालिमको आज एक कार्यक्रमका बिच न्यायिक समिति संयोजक एवं बडीकेदार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष डम्मरी विष्ट कलेलले समापन गरेकी हुन् ।
कार्यक्रमको समापन सत्रमा बोल्दै न्यायिक समिति संयोजक विष्ट कलेलले पुर्नताजकी तालिम लिए पश्चात् सामुदायिक मेलमिलाप कर्ताहरूलाई टोल बस्ती स्तरमा काम गर्न सहजता हुने बताइन् । उनले भनिन् हाम्रो गाउँघरमा हुने गरेका साना तिना घटनाहरूमा हामीले सहजिकरण गर्ने हो त्यसैले कसैलाई अन्याय हुने तवरले हामीले त्यस्तो व्यवहार गर्नु हुदैन् । सबैलाई मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्छ ।
तालिमबाट सिकेका कुराहरूलाई व्यवहार मा लागु गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए ।तालिमको समापन सत्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कानुनको बारेमा आम नागरिकले जानकारी राख्न आवश्यक रहेको बताए ।
तालिममा न्यायिक समितिको काम कर्तब्य, अधिकार, मेलमिलापकर्ताहरूको जिम्मेवारी, गाउँ टोलमा आउने विवादहरूलाई सहज रूपमा निरूपण गर्न अपनाइने विधि लगायतका विविध विषय बस्तुहरूको बारेमा छलफल गरिएको थियो ।
तालिमका सहभागीहरूलाई प्रमाण पत्र, मेलमिलापकर्ताको झोला, परिचय पत्र, ड्रेस, टोपी उपलब्ध गराएको आयोजकले जनाएको छ ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा गाउँपालिका अन्तरगत सबै वडाका मेलमिलापकर्ताहरू, न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि, लगायतको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अधिवक्ता गणेश कडायत र रोहित देउवाले गरेका थिए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.