Sujang

डोटीमा पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु

Ban
सुवास नेपाली ,चैत्र २८,डोटी :नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा बुधबारबाट जिल्ला स्तरीय “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” सुरु भएको छ।
खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ सुजङ अस्पताल राजपुरको मुख्य प्रायोजन तथा महाकाली सेती हेल्थ केयर प्रालि राजपुरको सह-प्रायोजन र शिलास्थान युवा क्लबले आयोजना गरेको प्रतियोगितामा डोटी जिल्लाका ८ वटा टिमको सहभागिता रहेको छ।
Krishi
अहिलेका युवा लागू औषधको दुर्व्यसनीको सिकार हुन सक्ने भन्दै खेलका माध्यम द्वारा दुर्व्यसनी न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिनुभयो।
२ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,प्रमाणपत्र र मेडल , दोस्रो हुने टिमलाई नगद ५ हजार ,प्रमाणपत्र र मेडल र तेस्रो हुने टिमलाई मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.