Sujang

डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

चैत २२ ,डोटी:सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर २ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् । बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती कोटकेना खोलामा रहेको पानी घट्ट भित्र मृत फेला परेकी थिइन् । उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकोमा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्ट भित्र मृत फेला परेकी थिइन् ।

मृतककी भाइ बुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यमुनाले ढुङ्गा, काठको आँडो, हँसिया र बन्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव समेतको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुशन्धान गरेको थियो ।

पक्राउ परेकी यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.