Sujang

नेपाली कांग्रेस डोटीले भोलि देखि बस्ती भेटघाट तथा प्रशिक्षण अभियान सञ्चालन गर्दै

चैत्र १९, डोटी :नेपाली कांग्रेस डोटीले चैत २० गतेदेखि जिल्लामा बस्ती भेटघाट तथा नेता कार्यकर्ता प्रशिक्षण अभियान संचालन गर्ने भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा एकै साथ अभियान सुरु हुने नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए । सोमबार सिलगढी स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दे सभापति सिंहले चैत २० गतेदेखि २८ गतेसम्म अभियान संचालन हुने बताए ।

‘अभियानमा जिल्लाका सबै नेता कार्यकर्ताहरुलाई परिचालित गरेका छौं’, सभापति सिंहले भने, ‘जिल्लाका प्रत्येक वडाहरुमा अभियान लैजाने छौं ।’ ‘अभियानमा कांग्रेसका बिषयमा जनता माँझ केहि धारण तथा जनताका धारण लिन्छौं’, सिंहले भने, ‘कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु र जनता बिचको सम्बन्धका बिषयमा समेत छलफल गरिने छ ।’

अर्को चिर्वाचन नहुन्जेल विभिन्न किसिमका अभियान संचालन हुने कांग्रेसले जनाएको छ । उनले पार्टीका भातृसंगठनको अवस्थाका बिषयमा समेत छलफल हुने बताए । अभियानलाई सफल पार्न पार्टीका भातृसंगठन, शुभचिन्तक सबैलाई सभापति सिंहले आग्रह गरेका छन् ।

पूर्बीचौकी गाउँपालिकामा सभापति नरेन्द्र बहादुर सिंहको नेतृत्वमा अभियान संचालन हुने बताइएको छ । त्यसैगरी दिपायल सिलगढी नगरपालिकामा महासमिति सदस्य लक्ष्मण बहादुर सिंह, सायल गाउँपालिकामा महासमिति सदस्य जीत बहादुर खड्का, आदर्श गाउँपालिकामा पूर्व सांसद यज्ञराज पाठक, शिखर नगरपालिकामा पार्टी सचिब नारायण बलायर, के.आई.सिंह गाउँपालिकामा पार्टी उपसभापति नारायण जोशी, बोगटान फुड्सिल गाउँपालिकामा महासमिति सदस्य सिताराम जोशी, बडीकेदार गाउँपालिकामा संबिधानसभा सदस्य तथा पूर्ब प्रदेश सांसद भरत बहादुर खड्का र जोरायल गाउँपालिकामा महासमिति सदस्य धौलीदेवी रावलको नेतृत्वमा अभियान संचालन हुने पार्टीले जनाएको छ ।

नजिकै आउन लागेको चैते दशैं लगत्तै फेरी जिल्लामा घरदैलो अभियान संचालन गरिने सभापति सिंहले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.