Sujang

दाउरा काट्ने क्रममा रुखले च्यापिएर डोटीमा१४वर्षीय बालकको मृत्यु

Ban
Krishi
चैत १७, डोटी:डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । शनिवार जिल्लाको सायल गाउँपालिका वडा नम्बर २ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार सायल गाउँपालिका–५ पटकानी स्थित मामा घर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराको लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजेतिर सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

घाइते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएकोमा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.