Sujang

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

चैत्र १६, मनोज वडु,दार्चुला :मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरिले शुक्रबार जानकारी पाएको जनाएको छ । उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ । घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.