Sujang

आगोले जलेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

डोटी, चैत १६:डोटीमा आगोले जलेर घाइते एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिवार शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी जंगलमा लागेको आगोले जलेर गम्भिर घाइते भएकी थिइन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन ।

Salmuni
Leave A Reply

Your email address will not be published.