Sujang

डोटीमा माटोको ढीस्कोमा च्यापिएर एकको मृत्यु, तीन जनाको सकुशल उद्धार

चैत १० गते ,डोटी :डोटीमा माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले जानकारी दिएका छन् ।

घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुसल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले जानकारी दिए । घटना दिउँसो करिब ३ बजेको भएपनि ढीलो गरी जानकारी भएकाले तीन जनाको भरखर उद्धार भएको र मृतक रोस्यारा माटोको ठुलो ढीस्कोमा च्यापिएकाले लास निकाल्ने काम भइरहेको प्रमुख बलायरले जानकारी दिए ।

घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो । उद्धारका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थलतिर पुगिसकेको प्रवक्ता सिंहले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.