Sujang

डोटीमा एक जना मृत अवस्थामा फेला

चैत ४, डोटी: डोटीमा एक जना पुरुषको मृत फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–५ का ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार शनिवार सोही ठाउँको नौलाखोला भन्ने स्थानमा भट्टराई मृत अवस्था अवस्थामा फेला परेको बताए । शुक्रवार साँझ घरबाट निस्केका उनी घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सडकबाट करिब पाँच सय मिटर तल खसेको अवस्थामा भेटिएको वडा अध्यक्ष उत्तम बहादुर सिंहले बताए ।
घटनाको थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.