Sujang

राजधानी खोसिएको पीडायुक्त गीत ‘गौणा लैग्यो अड्डा लैग्यो’ सार्वजनिक

चैत ३ गते ,डोटी:डोटीको दिपायलबाट राजधानी खोसिएको विषयमा आधारित गायक शेर साउँदको डेउडा गीत ‘गौणा लैग्यो, अड्डा लैग्यो’ सार्वजनिक भएको छ ।

गायक शेर साउँद र कृष्णा बजगाईंको स्वरमा सजिएको गीत बसिबियाँलो म्यूजिक प्रा.लि.मार्फत शुक्रबार सार्वजनिक भएको हो ।
पत्रकार पवन महराको शब्द सिर्जना तथा गायक शेर साउँदकै सँगीत रहेको छ ।

कृष्ण बाजुरालीले एरेन्ज, रेकर्ड तथा मिक्सिङ्ग गरेको उक्त गीत द एरा रेकर्डिङ्ग स्टुडियो र कुसुम डिजिटल रेकर्डिङ्ग स्टुडियोबाट अडियो तयार भएको हो ।

गीतका सर्जक महराले आन्दोलनका क्रममा छायांकन गरेका र ड्रोनमार्फत हेमन्त राइले कैद गरेका दृश्यहरु समेटी दिपायलको बाबा स्टुडियोले भिडियो तयार पारेको हो । भिडियो सम्पादन फिल बाबा र अमित नेपालीले गरेका हुन् ।

हेर्नुहोस् गितको भिडियो :

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.