Sujang

किसान बहुउद्देश्यीय सहकारीद्धारा मृतकका परिवारलाई राहत वितरण

Ban
Krishi
चैत्र २, अछाम : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मृतकका परिवारलाई राहत वितरण गरेको छ । संस्थाको कमलबजार शाखा कार्यालय अन्तर्गत अछामको कमलबजार नगरपालिका वडा नं ६ बिरपथकी सदस्य दुर्गा शाहीलाई संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत ५ लाख ९० हजार २ सय नौ रुपैंया वितरण गरिएको हो । शाहीका श्रीमान कटक बहादुर शाहीको गत महिना मृत्यु भएको थियो ।
Posan

शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा उक्त सुविधा स्वर्गिय शाहीकी पत्नी दुर्गा शाहीलाई वितरण गर्दै कमलबजार नगरपालिका वडा नं ६ का वडाध्यक्ष लाल बहादुर शाहले सहकारीबाट सदस्यहरुले वित्तीय कारोबारको सुविधा मात्र नभएर, सदस्यको परिवारको समेत सुरक्षण हुने गरेकोमा प्रशंसा ब्यक्त गरे।
संस्थाको विविध विषयमा जानकारी दिने क्रममा संस्थाका कमलबजार शाखा प्रमूख तप्त बहादुर खत्रीले सहकारी समाजबाट कहिल्यै अलग हुन नसक्ने भन्दै किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजीक उत्तरदायित्व वहन गर्दै सहकारीताको माध्यमबाट सदस्यको आयस्तर बृद्धि गर्न बिगत २८ बर्ष देखि समुदाय संग संगै सहकार्य गरिरहेको बताए।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.