Sujang

डोटी महोत्सवमा आज चर्चित कलाकार रमेशराज भट्टराईको प्रस्तुति रहने

Ban

फागुन २३ गते, डोटी : डोटी सास्कृतिक तथा पर्यटन महोत्सव दिपायलमा आज चर्चित कलाकार रमेशराज भट्टराईको प्रस्तुति रहने भएको छ।

 

Krishi

कलाकार भट्टराईका बेहुला बनाउथी भन्थी बहुला बनाएर गै, खुट्टा भए जुत्ता, खत्तम भए यार, भ्रष्टाचार लगायत सयौं गीतहरु चर्चामा छन । सातौ दिन आज ‘बुधबार’ कलाकार भट्टराई सँगै देउडा कलाकार ध्वज महरा, शेर साउद लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजक राष्ट्रिय संगीतकर्मी डोटीका अध्यक्ष गोपाल सुचिकारले बताए ।

 

“हाम्रो कला र सस्कृती गौरवपुर्ण सान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागिएको महोत्सव डोटी जिल्लाको कला संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको हो । महोत्सवमा आकर्षकको रुपमा सेती नदीमा र्‍याफि्टङ, चर्का आदि रहेका छन्  ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.